बालबालिकालाई आइतवारदेखि कोरोना विरुद्धको खोप दिइँदै, यी हुन् खोप केन्द्र

काठमाडौं, २४ कात्तिक । सरकारले आइतवारदेखि कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोगी र १२ वर्षमाथि उमेर समूहका खोप दिने भएको छ ।

१२ वर्षभन्दा माथिका बालबालिकालाई दुई चरणमा खोप लगाइन तयारी गरिएको मन्त्रालयले जनाएको छ।

खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ ।

यो खोप २१ देखि २८ दिन भित्रमा दुई मात्रा लिनुपर्ने हुन्छ । खोप लगाउन काठमाडौँ उपत्यकामा ८ र उपत्यका बाहिर १६ वटा अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।

दीर्घ रोगीहरुमा भने मुटुको शल्यक्रिया गरेका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलासिस गरिरहेका वा औषधि सेवन गरिरहेका व्यक्तिले फाइजर खोप लगाउन पाउने छन्।

रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिष्का रक्तनली सम्बन्धी रोग भएका व्यक्तिले पनि फाइजर खोप लगाउन स्वास्थ्य मन्त्रालय अनुरोध गरेको छ।

खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी कागजपत्र बोकेर जानुपर्नेछ।

सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here