रोकिएन् शेयर बजारको पहिरो, धेरै गुमाउने विकास बैंक र फाइनान्सका लगानीकर्ता

काठमाडौं, २५ कात्तिक । साताको कारोबारको अन्तिमदिन शेयर बजारमा पहिरो गएको छ । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.५७ अंकले घटेर २६९०.२९ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२५ कम्पनीको ५ अर्ब ११ करोड ९६लाख २ हजार ५३९ रुपैयाँ बराबरको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र विकास बैंकका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर २९ अङ्कले, विकास बैंकको १ सय ९४, होटलको ९२, फाइनान्सको १ सय ९, माइक्रोफाइनान्सको एक सय १४ र जलविद्युत् समूहको शेयर ७०अङ्कले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर ६३ अङ्कले, जीवन बीमा समूहको तीन सय १६ अङ्कले, निर्जीवन बीमा समूहको २ सय ९३ र अन्य समूहको शेयर ५६ अङ्कले घटेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

त्यस्तै, आज आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

शिवश्री हाइड्रोपावर ७.३९ प्रतिशत, वरुण हाइड्रोपावर, युनियन हाइड्रोपावर र सिनर्जी पावरको मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै, राधी विद्युत्, नेपाल हाइड्रो, सानिमा माइ हाइड्रोपावर र मल्टिप्रपोज फाइनान्सको मूल्य साढे ५ प्रतिशभन्दा धेरैले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here