मलेशियाको ट्राङ्लो र इसेवामनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं, २५ कात्तिक । इसेवा सेवा मनी ट्रान्सफर र मलेशियाको रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यस सम्झौतासँगै मलेशियालगायत ट्राङ्लोको नेटवर्क रहेका सबै मुलुकहरुमा रहेका नेपालीले इसेवा मनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् ।

साथै नेपालमा रहेका इसेवा मनी ट्रान्सफरका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत पैसा पाउन सकिने कम्पनीले जानकारी दिएको छ । ईसेवा वालेटमा ट्राङ्लोका नेटवर्क मार्फत आएको रेमिट्यान्स् लोड गर्दा रु.७७ को वालेट बोनस प्राप्त हुनेछ ।

यसका साथै, सिधै बैंक खातामा पनि रेमिट्यान्स् प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । ईसेवा वालेटको ५० लाख भन्दा बढि प्रयोगकर्ताहरु रहेका छन् ।

ट्राङ्लोसँगको सम्झौताका क्रममा इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक, अजेस कोइरालाले ‘ट्राङ्लो जस्तो विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक कम्पनीसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गरे । ‘यसले इसेवाको नेटवर्कलाई अझ विस्तार गर्नुका साथै अधिकांश बाहिरी मुलुकबाट नेपालमा सहजै रेमिट्यान्स् भुक्तानी गर्ने एउटा भरपर्दो माध्यम थपिएको छ ।’

सन् २००८ मा स्थापित भएको ट्राङ्लो मलेसियाको अग्रणी रेमिट्यान्स् कम्पनी हो । जसले एयरटाइम टप–अप मात्र नभई विदेशी रेमिट्यान्स् भुक्तानीका लागि पनि स्मार्ट सेवाहरू प्रदान गर्दै आएको छ ।

विश्वका १२८ देशमा सञ्जाल स्थापना गरेको ट्राङ्लोको हाल १३०० वटा पे आउट पार्टनर्सहरु रहेका छन् भने यसका प्रमुख कार्यलयहरु क्वालालम्पुर, लण्डन, जकार्ता, युनाइटेड अरब इमिराट्स, र सिङ्गापोरमा रहेका छन् ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here