थप ३१७ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

काठमाडौं, २५ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ३१७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०९पीसीआर परीक्षण गर्दा ३०१ जना र ३०४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ गरी ३१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १६ हजार ६० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ५३५रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here