चोरीको मोटर साइकलसहित एकजना पक्राउ

काठमाडौं, २५ कात्तिक । काठमाडौंको तार्केश्वरबाट चोरीको मोटर साइकल एक जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर नगरपालिका – ४, पुरानो गुहेश्वरीबाट कालो रंङको २०० सी.सी.को एन.एस पल्सर मोटर साइकलसहित नियन्त्रणमा लिएको हो ।

निजले बास्तविक नम्वर परिवर्तन गरि बा. प्र. ०२-०१८ प ४३०१ नम्वर हालेर चलाइरहेको अबस्थामा किर्तिपुर नगरपालिका वडा नं. २ चाँदनीचोक बस्ने वर्ष २८ को बुद्ध बहादुर तामाङ्गलाई मोटर साइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए

उक्त मोटर साईकलको वास्तविक नम्बर प्र.३-०२-०१० प ६९०३ रहेको खुल्न आएको भट्टराईले बताए ।

पक्राउ भएको मोटर साइकल २०७७ सालको फाल्गुन महिनामा नरेफाँटबाट हराएको भनी काठमाडौं-३२, कोटेश्वर बस्ने अनिमेष श्रेष्ठले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here