धितोपत्र बोर्डको सञ्चालकमा अञ्जन श्रेष्ठ, डेढ वर्ष बोर्डमा बिताउने

कात्तिक २६,काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ नियुक्त भएका छन् ।

यस अघि महासंघका वरिष्ठ उपाध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल बाहिरीएपछी सञ्चालक पद रिक्त थियो । ढकाल सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा मुछिए पछि बोर्डको सञ्चालकबाट बाहिरिएका थिए ।

रिक्त रहेको सो पदमा महासंघ अध्यक्ष शेखर गोल्छाले महासंघका उपाध्यक्ष श्रेष्ठलाई पठाउने निर्णय गरेका थिए ।

श्रेष्ठ बिहीबार पहिलो पटक धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा सहभागिता जनाएका छन् ।

श्रेष्ठले अब करिब डेढ वर्ष धितोपत्र बोर्डमा बिताउने छन् । उनी उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हुन् । साथै उनी अटोमाबाइल, खाद्यान्न, स्टील, कन्फेक्सनरी, डेरीलगायत उद्योग तथा व्यवसायमा संलग्न छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here