वोमी लघुवित्तको लाभांश घोषणा

काठमाडौं, २६ कात्तिक । वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

लघुवित्तले घोषणा गरेको लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७ कोभन्दा १० प्रतिशत कम हो । लघुवित्तले सो आवमा ३० प्रतिशत बोनस सेयर लाभांश दिएको थियो ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here