मेची महाकाली संस्था निरन्तर सामाजिक सेवामा, जन्मदिनको अवसरमा बृद्ध तथा बालबालिकालाई सहयोग

कात्तिक २७, काठमाडौं । सामजिक सेवामा निरन्तर लागि रहेको मेची महाकाली सामजिक संस्था नेपालले चितवन र पोखरामा रहेका बालबालिका तथा बृद्धहरुलाई सहयोग गरेको छ ।

संस्था मार्फत भुमिका दाहलले आफ्ना छोरा नितेश दाहालको जन्मदिनको अवसर पारी गैंडाकोट नवलपुरस्थित अपाङ जीवन बिकास संस्थामा रहदैआएका बालबालिका तथा वृद्ध बुवा आमाहरु र पोखरा स्थित राष्ट्रिय परोपकार महासङ नेपाल अश्रम परिबार मा रहेका बटुकहरुलाई एक दिन साझ बिहानको खाना खाजा फलफुल बितरण गरेका हुन् ।

सो सहयोगका लागी दाहाललाई धन्यवाद दिनुका साथै संस्थाले सु स्वास्थ्य दिर्घायुको साथै उत्तर उत्तर प्रगतिको कामना गरेको छ ।

संस्थाले सेवा नै धर्म हो भन्ने नाराका साथ समाजका विभिन्न क्षेत्रमा सहयोग गर्ने उदेश्य अनुरुप विभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

संस्थाका महासचिव विष्णु पौडेलले दानी लाई हानी हुदैन भन्दै पुन यस्तै सामाजिक कामहरुमा लाग्ने सत्प्रेरणा जागिरहोस भन्ने कामना गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here