तेह्रथुम पावरको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २८ कात्तिक । तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

साताको कारोबारको पहिलो दिन ११ बजेर १५ मिनेट सम्ममा तेह्रथुम पावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको हो ।

सर्किट लागेसँगै मूल्य ३९.९० रुपैयाँले बढेर ४३९.४० रुपैयाँ पुगेको छ । कम्पनीले हाल तेह्रथुममा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here