काठमाडौं, २८ कात्तिक । लुम्बिनी विकास बैंक लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम यस अघि प्रस्तावित लाभांश संशोधन गरेको जानकारी दिएको हो ।
बैंकले यसअघि घोषणा गरेको लाभांश दरमा नगद घटाइ बोनस सेयर बढाएको छ । बैंकको संशोधित लाभांश अनुसार अब सेयरधनीले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६७ प्रतिशत नगद पाउने छन् ।
बैंकले यसअघि सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.७१ प्रतिशत नगद गरी कुल १३.७१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ दशमलव ५५ रुपैयाँ रहेको छ।