मुस्ताङको कोबाङ क्षेत्रमा भीषण हिमपहिरो, ९ जना घाइते

काठमाडौं, २८ कात्तिक । मुस्ताङको कोबाङ क्षेत्रमामा भीषण हिमपहिरो खसेको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो।

भागाभागको क्रममा लडेर ९ जना विद्यार्थी घाइते भएका छन्। हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन ।

प्रहरी कार्यालय मुस्ताङका अनुसार अहिले हिम पहिरो रोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here