झिनो अंकले घट्यो नेप्से, चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २८ कात्तिक । साताको कारोबारको पहिलोदिन शेयर बजार झिनो अंकले घटेको छ ।

आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३८अंकले बढेर २८८८ ९२ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३० कम्पनीको ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँ बराबरको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये ६ को परिसूचक हरियाली भएको छ भने ७ परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.१२ प्रतिशतले बढेको छ भने लगानी समूह ३.६२ प्रतिशले घटेको छ ।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २७ करोड रुपैयाँको कारोबार भएको छ ।

यस्तै, आइसीएफसी फाइनान्स २४ करोड र नबिल बैंक १६ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा बोटलर्स नेपाल, महालक्ष्मी विकास बैंक, तेह्रथुम पावर कम्पनी र मनुसी लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।

त्यस्तै, आज हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here