त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घण्टा सञ्चालन

विमानस्थल प्रवेशद्वार

काठमाडौं, १४ असार । विगत तिन महिनादेखि धावनमार्ग मर्मतका लागि दैनिक १० घण्टा बन्द गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आगामी सोमबारदेखि २१ घण्टा सञ्चालनमा आउने भएको छ ।

धावनमार्ग पुनस्र्थापनाका लागि विमानस्थलअन्तर्गतको नागरिक उड्डयन कार्यालयले मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल गत चैत १८ गतेदेखि दैनिक बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सनिबार एक सूचना प्रकाशित गरि विमानस्थल आगामी सोमबार अर्थात असार १६ गतेदेखि पुनः २१ घण्टा नै सञ्चालनमा आउने जानकारी दिएको हो । त्यसपछि विमानस्थल दैनिक विहान ६ बजेदेखि राती ३ बजेसम्म सञ्चालनमा आउने छ ।

विमानस्थल बन्द हुँदा उडानको चापका कारण जहाजहरु आकाशमै होल्ड गर्नु पर्ने तथा यात्रुले सास्ती पाउने जस्ता समस्या सिर्जना भएका थिए ।

तर, दुई महिनापछि फेरी धावनमार्ग तथा ट्याक्सी वे निर्माण कार्य शुरु हुने भएकाले विमानस्थल पुनः केही समयका लागि बन्द रहने प्राधिकरणले जनाएको छ ।
उसका अनुसार भदौ १५ गतेदेखि पुस १५ गतेसम्म चार महिना विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुने छ । त्यसबेला बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म उडान कार्य स्थगित हुने छन् ।

उच्च पर्यटकीय सिजनका बेला उडान प्रभावित हुँदा त्यसको असर पर्यटक आवागमनमा पर्न सक्नेछ ।

यो पनि पढ्नुहोस्ः
आजदेखि त्रिभुवन विमानस्थल १४ घण्टा मात्रै खुल्ने, धावनमार्गको पिच फेरिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here