सातामा साढे २ अर्बको सेयर कारोबार

काठमाडौं १४, असार । अघिल्लो साताको तुलनामा यो साता सेयर कारोबार रकम करिब ३२ प्रतिशतले बढेको छ । गत साता करिब करिब १ अर्ब ९१ करोड रुपैयाँ रहेको सेयर कारोबार यो साता बढेर २ अर्ब ५२ करोड रुपैयाँमा पुगेको हो ।

यो साता कारोबारमा आएकामध्ये विकास बैंक, होटेल र जीवन बीमा समूहको परिसूचक घटे । तर, बाँकी समूहको परिसूचक बढेपछि समग्र कारोबार बढेको हो । सो अवधिमा बैकिङ समूहको परिसूचक १०.१६, जलविद्युतको ५४.६१, निर्जीवन बीमाको २६.८८ र ‘अन्य’ समूहको परिसूचक ३६.५९ प्रतिशतले बढ्यो ।

कारोबारको आधारमा यो साता हिमालयन डिष्ट्रलरी लिमिटेड सबैभन्दा अघि रहयो । अघिल्ला साताहरुमा शिवम् सिमेन्ट को सबैभन्दा धेरै कारोबार हुदै आएकोमा यो तेस्रोमा परेको छ । गएका करिब चार साता बजारमा शिवम् सिमेन्टको सेयर कारोबार सबैभन्दा धेरै हु्दै आएको थियो ।

यो साता नेपाल इन्स्योरेन्स कम्पनीको मात्र सेयर सूचीकृत भयो । उक्त अवधिमा सो कम्पनीको ४० लाख १४ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here