राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

काठमाडौं, ४ मंसिर । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया सुरु भएको छ ।

खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (२) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले ऐनमा उल्लेख भए अनुसारको योग्यता पुगेका उम्मेदवारले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने जनाएको छ ।

सरकारले गएको कार्तिक एक गते राखेपका सदस्य–सचिव रमेश सिलवाललाई बर्खास्त गरेको थियो।

सिलवाल २०७६ असारमा पहिलो पटक राखेप सदस्य–सचिव नियुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here