फेसनेवल युवालाई विन्टर टिप्स

काठमाडौं, ४ मंसिर । फेसनेवल युवापुस्ता जाडोयाम त्यती मन पराउदैन । कारण स्टाइल बिगारेर धेरै कपडा लगाउनु पर्ने बाध्यता । एक त जाडोले पुरा शरिर ढाक्ने कपडा लगाउनु पर्छ, अर्कोतर्फ धेरै कपडा एकैपटक लगाउदा भद्दा देखिन्छ ।

जाडोयाममा शरीरको ख्याल त गर्नै पर्यो, यसका वावजुत आफुलाई सदावहार स्टायलिस देखाउन सकिने फेसन डिजाइनर सुरक्षा रेग्मीको भनाइ छ ।

जाडोमा न्यानो लुगामा पनि फेसनेवल कसरी देखिने ? यस्तो छ, फेसन डिजाइनर सुरक्षा रेग्मीको सल्लाह

जाडोमा अरुभन्दा फरक वा फेसनेवल देखिन कलर कम्विनेशनमा विशेष ध्यान दिनुपर्छ । कस्तो पाइन्टमा कस्तो जुत्ता लगाउने, स्वेटर वा ज्याकेट कस्तो रङको छान्ने भन्ने कुराको ज्ञान हुन आवश्यक छ ।

उदाहरणका लागि हलुका रङको स्वेटर वा ज्याकेट, हुडी लगाउनु भएको छ भने गाढा रङको प्यान्ट, लेगिन्स वाजगर्स छान्नु पर्छ । त्यस्तै मफलर तथा टोपी अन्य लुगाको भन्दाभिन्न रङको छान्दा खुल्छ ।

विशेषगरी महिलाहरुका लागि हुडी र स्वेटसट जाडोको सबैभन्दा उपयुक्त पोसाक हो । यो लगाउन सहज हुनुका साथै यसले क्याजुअल लुक्स दिन्छ ।

हुडी तथा स्वेटसट खुकुलो लगाउने भएकोले भित्र बडी वार्मर लगाएर आफुलाई न्यानो राख्न पनि सकिन्छ । त्यसो त हुडी तथा स्वेटटमा भित्र फर भएको लेगिन्स वा जगर्स राम्रो देखिन्छ ।

पुरुषहरुका लागि पनि हुडी जाडोको उपयुक्त पोशाक हो । भित्र फर भएको प्यान्ट तथा जगर्स हुडीसँग लगाउन सकिन्छ । स्वेटर तथा जकेट लगाउदा पनि भित्र फर भएको प्यान्ट छान्नुपर्छ । त्यसमा अझ स्टायलिस देखिन भिन्न कलरको मफलर लगाउन सकिन्छ ।

पार्टी तथा विवाह व्रतबन्धमा

जाडो विवाह तथा व्रतवन्धका पार्टीको मौसम भएकोले यो समयमा कपडा छान्न हम्मे हम्मे पर्छ । विवाह तथा व्रतवन्ध लगायतमा महिलाहरुले सारी ब्लाउज या कुर्ता सुरुवालमा लङ कोर्टले पनि स्टायलिस देखिन मद्दत गर्छ । साथै सारीमा पन्चु लगाएर पनि आफुलाई न्यानो तथा स्टायलिस देखाउन सकिन्छ ।

जाडोमा आफ्नो इच्छा अनुसारको हिल भएको क्लोज सुज लगाउनुपर्छ । विशेषगरी कालो, सेतो, रातो तथा बैजनी रङका क्लोज सुन छान्नुहोला यसले अरुको ध्यान तपाँई तिर तान्न सहयोग गर्छ ।

यसैगरी पुरुषहरुले भित्र पातलो तर न्यानो वडी वार्मर लगाउन सक्छन् । अथवा बाक्लो कोट वा भुवा भएको सर्ट रोज्न सक्नेछन् । विशेषगरी पुरुषहरुका लागि लङ कोट र चुज प्यान्ट तथा त्यसमा एङकल बुट लगाउदा एलिगेन्ट देखिन्छ ।

जाडोमा महिला तथा पुरुष दुवैका लागि बुट एउटा स्टायलिस देखिने अप्सन हो ।

बुट मन नपरेको अवस्थामा स्पोर्टस सुज लगाए पनि नी वार्मर लगाउन पनि सकिन्छ । यसले तपाँईलाई न्यानो राख्नुका साथै ग्ल्यामर देखिन सहयोग गर्छ । त्यसो त टोपी र मफलर तथा पञ्जाले पनि तपाँइको लुक्सलाई अरुभन्दा फरक देखाउन सक्छ । त्यसका लागि हलुका रङको ड्रेसअप गर्नुभएको छ भने गाढा रङको टोपी तथा मफलर या पञ्जा छान्नु होला ता की तपाँईको रुपमा निखारता आउँछ ।

तपाँई मोटरसाइकल तथा स्कुटरमा हिड्नुहुन्छ भने चेष्टगार्ड, वीण्डप्रुफ ज्याकेट तथा पञ्जा लगाउन नभुल्नुहोला । त्यस्तै नी प्याडले घुँडालाई चिसोबाट बचाउनुका साथै स्टायलिस देखाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here