म्यानचेस्टर सिटीले पीएसजीलाई हरायो, दुवै नकआउट चरणमा

काठमाडौं, ९ मंसिर । ग्राबियल जिससको प्रभावशाली प्रदर्शनमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको छ ।

बुधबार राति भएको खेलमा सिटीले पीएसजीलाई २–१ हराएको हो ।

तथापि सिटी र पीएसजी दुबैले च्याम्पियन्स लिगको अन्तिम १६मा स्थान पक्का गरेका छन् । पीएसजी भने दोस्रो स्थानमा रहेर अर्को चरण पुगेको हो ।

जितसँगै पाँच खेलबाट १२ अंक जोडेको सिटी शीर्ष स्थानमा छ भने समान खेलबाट आठ अंक जोडेको पीएसजी दोस्रो स्थानमा छ ।

समूह चरणमा एक खेल बाँकी हुँदै दुबै टोलीले अन्तिम १६ मा स्थान पक्का गरे ।

समूहमा आरबी लाइपजिग र क्लब ब्रुगको समान चार अंक छ । दुबैले अन्तिम खेल जित पनि सात अंकमात्र हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here