पोर्चुगल र इटलीमध्ये एउटा टिम विश्वकपमा नहुने निश्चित

काठमाडौं, ११ मंसिर । फिफा विश्व कप २०२२ को युरोपेली छनोट प्लेअफमा पोर्चुगल र इटली एकै समूहमा परेका छन् ।

दुवै देश एउटै समूहमा परेसँगै पोर्चुगल र इटलीमध्ये एक देशले मात्रै विश्व कप खेल्न पाउने पक्का भएको छ ।

सार्वजनिक भएको ड्र अनुसार प्ले अफको सेमिफाइनलमा पोर्चुगलले टर्की, इटालीले उत्तरी मेसेडोनिया, स्वीडेनले चेक गणतन्त्र, रुसले पोल्याण्ड, वेल्सले अस्ट्रिया तथा स्कट्ल्याण्डले युक्रेनसँग प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै प्लेअफको फाइनलमा वेल्स वा अस्ट्रियाले स्कट्ल्याण्ड वा युक्रेन, रुस वा पोल्याण्डले स्वीडेन वा चेक गणतन्त्र तथा पोर्चुगल वा टर्कीले इटाली वा उत्तरी मेसेडोनियासँग प्रतिस्पर्धा गर्ने छन् ।

सार्वजनिक भएको ड्र अनुसार पोर्चुगल र इटली मध्ये एउटा टिम विश्वकपमा नहुने सम्भावना निश्चित भएको छ ।

उनीहरुले प्लेअफको आआफ्नो सेमिफाइनल जितेमा प्लेअफ फाइलनमा प्रतिस्पर्धा गर्नु पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here