राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

काठमाडौं, १३ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्यसचिवमा नियुक्त गरेको हो ।

घिसिङ नेपाल रग्बी संघका अध्यक्ष तथा एशिया रग्बी संघका सदस्य समेत हुन्।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सचिवालय सदस्यसमेत रहेका घिसिङ प्रचण्ड निकट मानिन्छन्।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद ऐन, २०७७ को दफा १७ को उपदफा ३ बमोजिम सदस्य सचिव सिफारिसका लागि ३ सदस्यीय समिति गठन गरेका थिए।

समितिमा मन्त्रालयका सह सचिव कमल प्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञवाली र हरि बहादुर श्रेष्ठ थिए।

सदस्यसचिवमा आवेदन दिएका १८ जनाले आइतबार मन्त्रालयमा कार्ययोजना बुझाएका थिए। ती मध्येबाट समितिले घिसिङसहित अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो।

सदस्य सचिव बन्नका लागि टंकलाल घिसिङ, अच्युतम लामिछाने, ममता श्रेष्ठ, दीपक विष्ट, रविराज कर्णिकार, आरके विष्ट, छुम्बी लामा, मानबहादुर गुरुङ, सुदिल शाही, विनोदकुमार यादव, भरत महर्जन, राजकुमार कार्की, देवराज चौलागाई, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे र सुनिल नकर्मीले आवेदन दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here