मेस्सीले सातौंपटक जिते बालोन डे’ओरको उपाधि, रोनाल्डो उत्कृष्ट तीन बाहिर

काठमाडौं, १४ मंसिर । लियोनेल मेसीले सातौ पटक बलोन डे’ओरको उपाधि जितेका छन् ।

गएराती पेरिसमा आयोजित कार्यक्रममा मेसीलाई यस बर्षको बलोंन डोअर उपाधि दिइएको हो ।

मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी’ओर अवार्ड जितेका हुन् । मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए ।

मेस्सीले रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने । मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डो छैटौँ स्थानमा रहे ।

बलोन डोअर अवार्डमा क्रिस्टियानो रोनाल्डो २०१० पछि पहिलो पटक उत्कृष्ट तीन भन्दा बाहिर परेका छन् ।

महिलातर्फको बालोन डी ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

मेसी २०२०/२१ सिजनमा लालिगाको उच्च गोल कर्ता थिए भने पिएसजी आउनु अघि बार्सिलोनालाई कोपा डेल रे को उपाधि समेत जिताएका थिए ।


बालोन डे’ओरको उपाधि विश्वभरका १८० पत्रकारहरुको मतदानको आधारमा वर्षेनी प्रदान गरिँदै आएको छ। यद्यपि गत वर्ष भने कोरोना महामारीको कारण यो उपाधि प्रदान गरिएको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here