स्पेनिस महारथी बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

काठमाडौं, २३ मंसिर । स्पेनिस महारथी बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि लिगको समूह चरणबाटै बाहिरिएको हो ।

बायर्नका लागि थोमस मुलर, लेरोय साने र जमल मुसालाले एक-एक गोल गरे । बायर्न भने समूह ‘ई’ को लिग चरणका सबै खेलमा शतप्रतिशत जित निकाल्न सफल रह्यो ।

बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाउन नसकेको १८ वर्षपछि यो पहिलोपटक हो ।

समूह ‘ई’ को तेस्रो स्थानमा रहेपछि बार्सिलोनाले अब युरोपा लिगको प्लेअफ खेल्नेछ । सोही समूहको दोस्रो स्थानको बेनफिकाले डाइनामो किभलाई २–० ले हराउँदै नकआउट चरणमा स्थान पक्का गर्यो ।

बार्सिलोना अहिले घरेलु लिगमा पनि सातौं स्थानमा छ । लिगमा पनि प्रदर्शनमा सुधार आएन भने बार्सिलोनाले अर्को सिजन पनि च्याम्पियन्स लिग गुमानेछ ।

च्याम्पियन्स लिगको अन्तिम–१६ मा स्थान बनाउने बायर्न जर्मनीको एकमात्र टोली हो । जर्मनीका बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग, उल्फ्सबर्ग समूह चरणबाटै बाहिरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here