रिकण्डिसन व्यावसायीकाे दुर्घटना न्यूनीकरण सम्बन्धि अन्तक्रिया, दुवै हात गुमाएकी मेघालाई सहयोग

काठमाडौं, १६ असार । सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरको कारोवार गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल रिकन्डिसन व्यवसायी संघले राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

साथै संघले दुर्घटनामा दुवै हात गुमाएकी एक किशोरीलाई आर्थिक सहयोग समेत गरेको छ ।

संघले ‘दुई पाङ्ग्रे सवारीसाधनबाट हुने जोखिम न्यूनीकरण तथा यातायात व्यवस्था सुदृढिकरण’ विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दुवै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई संघले सहयोग रकम हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष विएन पाठकले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाण्डौ महानगरपालिका वडा नं ७ का अध्यक्ष शुद्धकुमार डंगोल र विशेष अथितिहरु यातायात व्यवस्था कार्यालय गुर्जुधाराका शाखा अधिकृत रामचन्द्र दाहाल, प्रहरी नायव उपरिक्षकद्वय राजेन्द्र पोखरेल र प्रदिपकुमार भट्टराई, संघका महासचिव दिनेश महत लगायत स्थानीय निकायका अन्य पदाधिकारी र संघका सल्लाहकार रहेका थिए ।

संघमा आवद्ध १ सय ४० भन्दा बढी रिकन्डिसन व्यवसायीहरुले अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए । उनीहरुले रिकन्डिसन व्यवसायमा देखिएका समस्याको उचित समाधनका लागि पहल गरिदिन सरोकारवाला निकायका प्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष पाठकले रिकिन्डसन व्यवसाय राज्यको एक महत्वपूर्ण अंग भएर पनि उपेक्षामा पारिएको गुनासो व्यक्त गरे । साथै उनले देशभर रहेका रिकन्डिसन व्यवसायी एक ढिक्का भई संगठित रुपमा आफ्नो आवाज सरोकारवाला निकाय समक्ष राख्नु पर्ने धारणा व्यक्त गरे ।

अन्तरक्रियामा वोल्ने अधिकांश व्यवसायीहरुले हाल यो व्यवसायमा देखिएका समस्या र तिनको उचित समाधानका लागि स्थानीय तह, प्रहरी र यातायात व्यवस्था कार्यालयले खेल्नुपर्ने भूमिकाका जिज्ञासा व्यक्त गरेका थिए ।

व्यावसायीको जिज्ञासा जायज भएको र समाधानका लागि आफूहरुले सक्दो पहल थाल्ने कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिहरुले बताएका थिए ।

कार्यक्रमको अन्त्यमा दुवै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई सहयोग स्वरुप ९२ हजार रुयियाँको चेक हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here