न्यूजील्यान्डमा प्लास्टिक ब्याग प्रतिबन्ध, प्रयोग गरेमा कडा सजाय

काठमाडौं, १६ असार । न्यूजील्यान्ड सरकारले एकपटक मात्र प्रयोग गर्न मिल्ने प्लास्टिक ब्याग प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धित प्लास्टिक ब्यागको प्रयोग गरेको पाइए कडा सजाय दिइने सरकारले जारी गरेको आदेशमा उल्लेख छ ।

प्लास्टिकको प्रदूषण विश्वव्यापी चासोको विषय बनेको छ । प्लास्टिकमा अल्झिएर वा प्लास्टिक खाएर बर्सेनि लाखौं चरा र एक लाख भन्दा बढी सामुद्रिक जीव मारिने वा घाइते हुने गरेको अध्ययनहरुले देखाएका छन् ।

न्यूजील्यान्ड सरकारले लगाएको प्रतिबन्धलाई बेवास्ता गर्ने कम्पनीहरुमाथि ६७ हजार अमेरिकी डलरसम्म जरिवाना गर्ने जनाएको छ ।

न्यूजील्यान्डका वातावरणमन्त्री युजिन सेजले न्यूजील्यान्डलाई सफा, हरियो र बस्न लायक बनाउने प्रयासस्वरुप नयाँ कदम चालिएको बताए ।

राष्ट्रसंघीय वातावरण कार्यक्रमका अनुसार विश्वका ८० भन्दा बढी मुलुकले पातला प्लास्टिक ब्यागको प्रयोग निषेध गरिसकेका छन् । (रासस/एएफपी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here