विदेशबाटै नेपालमा टिभी किन्न मिल्ने, हिम इलेक्ट्रोनिक्स र सिटी एक्सप्रेसबीच सम्झौता

काठमाडौं, १६ असार । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग साझेदारी गरेको छ ।

हिम इलेक्ट्रोनिक्सका तर्फबाट प्रभाकर शम्शेर थापा र सिटी एक्सप्रेसको तर्फबाट चन्द्र तण्डनले एमओयूमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्ने इलेक्ट्रोनिक्सले जानकारी दिएको छ ।

यो योजना सोमवारदेखि सुरु भएको छ । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहित गर्न यस्तो योजना ल्यायको इलेक्ट्रोनिक्सले बताएको छ ।

यसको शुरुवातसँगै ग्राहकहरु विभिन्न तरिकाले लाभान्वित हुने र उनीहरुले वारेन्टी दावी गर्न सक्ने, ओसार–पसार छिटो हुनुका साथै त्यस क्रममा हुने तोडफोडको जोखिम समेत परिपूत्र्ति हुने हिम इलेक्ट्रोनिक्सले जनाएको छ ।

यसअनुसार इलेक्ट्रोनिक्सले मध्यपूर्व देशहरुमा टिभी किन्दा लाग्ने रकममै सामसङ्ग टिभी प्रदान गर्ने बताएको छ ।

यसका लागि मध्यपूर्व देशहरुमा बस्ने प्रवासीहरुले सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर आफ्नो इच्छा अनुसारको टिभी छनौट गर्ने, काउन्टरमा उपलब्ध फारममा आवश्यक विवरण भर्ने, आफैले छनौट गरे बराबर मूल्य र बिना कुनै अतिरिक्त शुल्क दिइएको खातामा रकम जम्मा गर्ने तथा प्राप्त भएको यूनिक कोड र विक्रेताको विवरण नेपालमा रहेका परिवार र आफन्तलाई पठाउने गर्नुपर्दछ ।

त्यसपछि यूनिक कोड र परिचय पत्र देखाएर आफन्त वा परिवारले नजिकैको हिम इलेक्ट्रोनिक्सको विक्रेताबाट टिभी घर लान सक्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here