वित्तीय शिक्षा दीगो विकासको आधारः अर्थमन्त्री

काठमाडौं १७, असार । मुलुकले तय गरेका दीगो विकासका लक्ष्य प्राप्तिको आधार वित्तीय शिक्षा (साक्षरता) भएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । वित्तीय साक्षरताले वित्तीय उपकरण र साधनस्रोतको अधिकतम सदुपयोग गर्न सिकाउने भएकाले दीगो विकासको लक्ष्य प्राप्तिमा सहयोगी हुने खतिवडाको भनाईं थियो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) र ओईसीडी सयुक्त रुपमा आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनको उदघाटन कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन ।

कार्यक्रममा खतिवडाले नयाँ प्रविधिको प्रयोगले वित्तीय क्षेत्रमा चुनौती बढाइरहेको बताए । प्रविधिमा आधारित बैंकिङ प्रणालीमाथि अझै पनि पूर्ण विश्वास गर्न सकिने आधार नभएको उनले बताए । यसकारण आधुनिक बैकिङ, त्यसको विधि, विद्युतीय कारोबारलगायतमा प्रभावकारी नियमन हुनुपर्ने उनको भनाइ थियो ।

वित्तीय क्षेत्रमा लगानी गनुअघि आफूले लगानी गर्ने संस्थाको बारेमा राम्रोसँग बुझ्न पनि लगानीकर्तालाई अर्थमन्त्री खतिवडाले सुझाब दिए ।
सम्मेलन दुई दिन सम्म चल्ने छ । सम्मेलनमा विभिन्न राष्ट्रका पुँजीबजारमा आवद्ध सरोकारवालाहरुको सहभागिता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here