पीएसजी बराबरीमा रोकियो

काठमाडौं, ८ पुस । पेरिस सेन्ट जर्मन (पीएसजी) लोरियन्टसँग बराबरीमा रोकिएको छ। फ्रेन्च लिग वानअन्तर्गत बुधबार राति भएको खेलमा ११ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ४० मिनेटमा लोरियन्टले एक गोल गर्दै खेलमा अग्रता लिएको थियो। दोस्रो हाफको ८६ औं मिनेटमा दोहोरो पँहेलो कार्ड खाँदै सर्जियो रामोस मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो।

बराबरीसँगै लिगमा पीएसजीले १९ खेलबाट ४६ अंक हात पारेको छ। पीएसजी दोस्रो स्थानमा रहेको नाइसभन्दा १३ अंकले अगाडि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here