५० सेकेण्डमा १ जनाले गर्छन् आत्महत्या, इण्टरनेट मूख्य कारक !

काठमाडौं ११ पुस । आत्महत्याको दर विश्वभर दिनदिनै बढ्दो छ । त्यसमा पनि आत्महत्या गर्ने अधिकांश किशोर किशोरीहरु रहेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा हरेक ५० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन् । तथ्यांक अनुसार अनुसार प्रत्येक वर्ष ७ लाख बढी मानिसले आत्महत्या गर्ने गरेका छन् ।

आत्महत्याको मूख्य कारक डिप्रेशन, रक्सी, अपमान आदी मुख्य घटनाक्रम मानिएतापनि पछिल्लो समयमा इण्टरनेट पनि एक प्रमुख कारक तत्वका रुपमा विकास हुँदै गएको छ ।

पाँच वर्षमा मात्र नेपालमाभरका विभिन्न स्थानमा करिब ३० हजार मानिसले आत्यहत्या गरेका छन् । कोभिड-१९ को महामारीको केही महिनामै रोगले भन्दा पनि आत्महत्या गरेर मर्नेको संख्या बढी थियो ।

इण्टरनेट

इण्टरनेटमा विशेषगरी सामाजिक सञ्जालहरु आत्महत्याको मुख्य कारकको रुपमा विकास हुँदै छ । म्यासेज, फेसबुट ट्वीटर जस्ता सामाजिक सञ्जाल, गेम्स तथा अन्य विभिन्न प्रकारका इण्टरनेटका प्रकारहरु मृत्युको प्रमुख कारक बनेको हो ।

यस्तोमा कोही व्यक्तिहरु नक्कली आइडी वा एप्लीकेशन बनाएर उनीहरुलाई आफ्नो जालमा फसाउँछन् र उनीहरुलाई व्यक्तिगत सूचना, फोटो, भिडीयो आदीको माध्यमबाट ब्ल्याक मेल गर्छन् ।

यस्तो काममा यूवाहरु धेरै छिटो फस्ने गर्छन् । किनकी यूवाहरु छिटो विपरीत लिङ्गीप्रति आर्कषित हुने गर्छन् । एकअर्कालाई आफ्ना सबै व्यक्तिगत सूचना आदनप्रदान गर्ने गर्छन् ।

अन्त्यमा उक्त व्यक्तिले विश्वासमा घात गर्छ र अनेक प्रकारको ब्ल्याक मेल गर्छन् । जसको कारण यूवाहरुमा आत्महत्याको दर बढ्दै छ ।

अश्लील फोटो तथा भिडियो

पछिल्लो समय जुन गतिमा युवाहरुले इण्टरनेट प्रयोग गरिरहेका छन् सोहि गतिमा यूवाहरुको जिन्दगी खुम्चिदै छ ।

सामाजिक सञ्ञजाल, डेटिङ एप, वेभ साईड तथा निजी म्यासेज ग्रुपमा मानिसहरु यति छिटो घुलमिल हुन्छन् । उनीहरु आफ्नो व्यक्तिगत सूचना तथा फोटोहरु आदानप्रदान गरिहाल्छन् ।

धेरैजसो मानिसहरु यस्तो फोटो तथा भिडियो गलत रुपमा कुनै सामाजिक सञ्जालमा भाईलर बनाईदिने गर्छन् । यसको कारण बेइज्जत हुने डरले उनीहरु डिप्रेशनको शिकार हुने गर्छन् ।

अन्त्यमा कुनै बाटो नदेखेर उनीहरु आत्महत्याको बाटो रोज्ने गर्छन् । समाजमा बलात्कार जस्ता जघन्य घटना, घरेलु हिंसा, परिवारको साथ नपाउनु, कार्यस्थलको हिंसा र उत्पिडनका कारण महिलाहरूले आत्महत्या गर्ने क्रम बढ्दो छ ।

मानसिक स्वास्थ्य, परिवारमा श्रीमानको साथ र माया नपाउनु पनि महिलाहरूले आत्महत्या गर्नुको मुख्य कारण बनेको उदाहरणहरू समय-समयमा प्रशस्त भेटिने गरेको छ ।

-(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here