अब तपाईको बच्चाले कोरेको चित्र यसरी कुद्छ, उफ्रिन्छ

photo: meta.com

काठमाडौं । तपाईको बच्चाले चित्र कोर्न मन पराउँछन् ? मन पराउछन् भने तपाँईले उनीहरुको चित्रलाई जीवन दिएर चकित पार्न सक्नुहुन्छ ।

अब उनीहरुले बनाएको चित्रको हात हल्लिन्छ भने खुट्टा हिड्छ । अर्थात तपाईका बालबच्चाले आफैले कोरेका चित्र उनीहरुकै अगाडी चलेको रोमाञ्चक दृष्य देख्न सक्नुहुनेछ ।

मेटाका अनुसन्धानकर्ताहरुले हालै विकास गरेकोे ‘आर्टिफिसियल इन्टेलिजेन्स’ एआई प्रणालीले चित्रहरुलाई सजिलै पहिचान गरेर अटोमेटिक रुपमा एनिमेसन गर्न सक्छ ।

जसमा बच्चाले कोरेका चित्र उफ्रेको, कुदेको, हामफालेको तथा हिडेको रोमाञ्चक दृश्यको अनुभब गर्न सक्छन् । सो चित्र विभिन्न स्वरुप, रङ तथा आकारमा देखिन्छ ।

उनीहरुले आफ्नो एनिमेटेड चित्रलाई डाउनलोड गरेर साथीहरुसँग सेयर गर्न समेत सक्छन् । पहिलो चरणमा पात्रहरुबाट मानव आकृति छुट्याउछ । त्यसपछी आफूले चाहे अनुसारको रङ परिवर्तन गरेर चलाउन सकिन्छ ।

हातले बनाएको चित्रलाई अटोमेटिक रुपमा परिवर्तन गरिदिने सिस्टम पहिलोपटक विकास भएकोमा खुशी लागेको मेटाले बताएको छ ।

यसरी तयार हुन्छ एनिमेसन

sketch.metademolab.com (स्केच डट मेटाडेमोल्याव डट कम)मा जानुहोस ।

आफ्ना बच्चाले बनाएको मानवआकृतिको चित्र अपलोड गर्नुहोस । मेटाले हाम्रो रिसर्चरलाई सहयोग गर्न चाहनुहुन्छ ? भन्ने अप्सन दिन्छ त्यसमा ‘एग्री’ बटनमा क्लिक गरेर आफ्नो चित्रको एनिमेसन तयार गर्न सक्नुहुन्छ ।

त्यहाँ आफुले चाहेजस्तो डान्स, फनी, जम्पी तथा वाकजस्ता विकल्प दिइएको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here