उपत्यकाका यी २४ स्थानमा १८ वर्ष माथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइँदै

काठमाडौं, १४ पुस । सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी उपत्यकाका तीनै जिल्लामा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउन थालिएको जनाएको हो ।

सरकारले सरकारीसँगै निजी अस्पताबाट समेत खोप कार्यक्रम सञ्चालन गरि २४ वटा खोप केन्द्रमा लगाउन शुरु गरेको छ ।

जसमा काठमाडौंका ११, ललितपुरका ११ र भक्तपुरका २ गरी २४ खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउने छ । १८ वर्ष उमेर पुगेका नागरिकलाई सरकारले अनिवार्य खोप लगाउन आग्रह गरिरहेको छ।

यतिबेला सरकारले भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनेका खोप दिइरहेको छ। खोप कार्यक्रम अस्पताल अनुसार फरक–फरक समयमा सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौं र ललितपुरमा बिदाको दिनबाहेक बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खोप लगाइने भएको छ। भक्तपुरमा भने १० बजेदेखि १ बजेसम्म खोप लगाउने छ । नजिकको खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

यी हुन् खोप केन्द्रहरु


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here