अभागी मेसी : बाहिरियो अर्जेन्टिना

देशका लागि उपाधी जित्ने धोको बोकेर कैयौं पटक मैदान उत्रिएका अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई जारी कोपा अमेरिकाले पनि निरासा दिएको छ ।

बुधबार सम्पन्न सेमिफाइनलमा अर्जेन्टिना आयोजक ब्राजिलसँग पराजित भयो । ब्राजिलले फाइनल पुग्ने क्रममा आफ्नो घरेलु मैदानमा अर्जेन्टिनालाई २-० गोल अन्तरले हरायो ।
ब्राजिल १२ वर्ष पछि फाइनल पुगेको हो । उसका लागि यस पटक उपाधि घरमै राख्ने राम्रो अअवसर पनि छ । यता अर्जेन्टिना र उसका कप्तान लियोनल मेसी भने बुधबारको खेलमा अभागी सावित भए ।

खेल दुबै टिमले बराबरीमा पकडमा राखेका थिए । तर, ब्राजिलको पोष्टमा अर्जेन्टिनाले दर्जनभन्दा बढी प्रहार गरेको थियो । तर, ति सबै प्रहार खेर गए ।

तर, ब्राजिलले ४ पटक मात्र अर्जेन्टिनाको पोष्टमा प्रहार गर्यो, त्यसमा २ प्रहार गोलमा परिणत भए । अर्जेन्टिनाको टीममा विश्व चर्चित खेलाडीको बाहुल्य छ ।

खेलमा ग्राबियल जेससको १९ औं मिनेटमा ब्राजिलका लागि पहिलो गोल गरे । पहिलो हाफ १-० अग्रताका साथ ब्राजिलले आफ्नो पडकमा राख्यो । ७१ औं मिनेटमा रोब्रेटो फ्रिमिनोले अग्रता दोब्बर पारे ।

अर्जेन्टिना खेलमा फर्कन सकेन र नतिजा ब्राजिललाई सुम्पियो । मेसी देशका लागि ठूलो प्रतियोगितामा हरेक पटक अभागी सावित हुँदै आएका छन् ।

क्लव फुटबलमा संसारका लगभग सबै रेकर्ड आफ्नो नाममा लेखाएका उनी दुई पटक कोपा अमेरिका र एक पटक विश्वकपको फाइनलबाट बाहिरिनु परेको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here