काठमाडौं, २५ पुस । साइप्रसमा ओमिक्रोन र डेल्टा मिश्रित कोभिड-१९को नयाँ भेरियन्ट पुष्टी भएको छ। उक्त नयाँ भेरियन्टको नाम डेल्टाक्रोन राखिएको छ।
साइप्रसका स्वास्थ्य मन्त्रीले कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको शनिबार जनाएका हुन् ।
युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको हाइब्रिड भेरियन्ट ‘डेल्टाक्रोन’ पत्ता लगाएका हुन् ।
रिपोर्टका अनुसार साइप्रसमा अहिलेसम्म डेल्टाक्रोनका २५ जना बिरामी फेला परेका छन् । तर, यो भेरियन्ट कत्तिको घातक छ र यसको प्रभाव के हुन्छ भन्ने बारे बोल्न कठिन भएको प्राध्यापक कोस्ट्रिक्सको भनाइ छ।
कोस्ट्रिक्सले भने,’ के यो स्ट्रेन धेरै प्याथोलोजिकल वा बढी संक्रामक छ वा यो विगतका दुई मुख्य स्ट्रेनहरू भन्दा बढी प्रभावकारी हुन्छ कि भनेर हामी पत्ता लगाउनेछौं।’