एभरेष्ट बैंकका ग्राहकलाई मेडीसिटी हस्पिटलमा छुट

काठमाडौं, १८ असार । एभरेष्ट बैंकले नेपाल मेडीसिटी हस्पिटलसँग साझेदारी गरेको छ ।

बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडि परामर्श तथा प्याकेजहरु बाहेक अन्य सेवा–सुविधाहरुमा ७% छुट पाउँन सक्ने व्यवस्था रहेको छ ।

साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले भिषा डेबिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

एभरेष्ट बैंकको ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ । जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा धेरै हो ।

साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय १९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here