परिवत्र्य विदेशी मुद्रामा ल्याएको ऋणको भुक्तानी अवधि १५ वर्षसम्म

काठमाडौं ९, माघ । परिवत्र्य विदेशबाट परिवत्र्य मुद्रामा बैंक तथा वित्तीय संस्थाले ल्याएको ऋणको भुक्तानी अवधि अधिकत १५ वर्ष बनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाले ल्याएको त्यस्तो ऋणको भुक्तानी अवधि राष्ट्र बैंकले न्यूनतम ६ महिना देखि अधिकतम १५ वर्ष सम्म कायम गरिदिएको हो । यसअघि न्यूनतम १ वर्ष देखि अधिकतम ६ वर्षसम्म थियो । राष्ट्र बैंकको स्वीकृतिमा यस्तो ऋण नविकरण पनि हुनेछ ।

राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ संशोधन गरी नयाँ व्यवस्था गरेको हो ।

यस्तै, विदेशी लगानी भएका उद्योग/कम्पनीले आफ्नो चुक्ता पुँजी/खुद सम्पत्तिको बढीमा १ सय प्रतिशतसम्म विदेशीबाट ऋण लिन पाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

यसअघि खुद सम्पत्तिको ६० प्रतिशतसम्म मात्र ऋण लिन पाउने व्यवस्था थियो । उद्योग तथा कम्पनीले आफ्नो विदेशी लगानीकर्ता, आफ्नो प्यारेन्ट कम्पनी र तीनका सहायक कम्पनीबाट समेत यस्तो ऋण लिन पाउने छन् ।

यस्तै, राष्ट्र बैंकले पनि ‘वान इयर बेञ्चमार्क इन्ट्रेस्ट रेट’ लागु गरेको छ । यो विदेशबाट ऋण लिने प्रक्रियामा ब्याजदर निर्धारण गर्ने आधार हो । यसअघि ‘लाइबोर’ दर कार्यान्यवमा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here