नेपाल बैंक खुद नाफा एक अर्ब ४१ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, १० माघ । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७८/ ७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार नेपाल बैकको नाफा गत वर्षको सोही अवधिको तुलनामा ४.९३ प्रतिशतले बढेको छ ।

आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले एक अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ३५ करोड ४ लाख २३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि १.८० प्रतिशतले बढेर ३ अर्ब २ करोड ४९ लाख ३० हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब ९७ करोड १३ लाख ९८ हजार रूपैयाँ रहेकाे थियाे ।

यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ४१ करोड ३ लाख १५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ र जगेडा कोषमा १९ अर्ब ८९ करोड ७१ लाख २८ हजार रुपैयाँ सञ्चित रहेको छ ।

बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ १२ पैसा रहेकाे छ । बैंककाे मूल्य आम्दानी अनुपात १९.३७ गुणा रहेको छ ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा २०.०८ प्रतिशतले घटेर एक अर्ब ६३ करोड ५३ लाख ३६ हजार रूपैयाँमा सिमित छ ।

गत वर्ष बैंकले २ अर्ब ४ करोड ६२ लाख २२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा २०.०८ प्रतिशतले घटेर एक अर्ब ६३ करोड ५३ लाख ३६ हजार रूपैयाँमा सिमित छ । गत वर्ष बैंकले २ अर्ब ४ करोड ६२ लाख २२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here