मनकामना स्मार्ट लघुवित्तको नाफा ४७.३२ प्रतिशत घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, १९ माघ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा व्यापक गिरावट आएको छ । चालू आर्थिक वर्ष २०७८/ ७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार लघुवित्त नाफा ४७.३२ प्रतिशतले घटेको छ ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड ९७ लाख १९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने १३.९५ प्रतिशतले बढेर ३ करोड ९८ लाख ३६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ३ करोड ४९ लाख ५७ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा बढेर २५ लाख ६२ हजार रूपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको संचालन मुनाफा ५२ करोड ३५ लाख रुपैयाँ ऋणात्मक थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ७२.३३ प्रतिशत बढेर १४ करोड १७ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष २ प्रतिशत घटेर २ करोड ८१ लाख ५० हजार रुपैयाँ, निक्षेप १७.५६ प्रतिशत बढेर ३६ करोड ५७ लाख ८८ हजार रुपैयाँ, कर्जा १९ प्रतिशत बढेर १ अर्ब ५ करोड ७१ लाख ५९ हजार रुपैयाँ र कर्जा ११.८१ प्रतिशत बढेर ५३ करोड ९१ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६६ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०९.१६ गुणा रहेको छ । लघुवित्तको खराव कर्जा ४.९७ प्रतिशत र कस्ट अफ फण्ड ७.५४ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here