अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता हुँदै, यस्ता छन् नियम

काठमाडौं, २५ माघ । नेपाल दूरसञ्चार प्राधिकरण र सिर्जनशील समाज नेपालको सयुक्त आयोजना अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता हुने भएको छ ।

यो प्रतियोगितामा सातै प्रदेशका १२ देखि १८ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीले भाग लिन सक्नेछन् ।

बालबालिकाहरूले अनलाइन बाल सुरक्षा, डिजिटल साक्षरता, अनलाइन बाल सुरक्षामा बाल क्लब, स्थानीय तह, सरकारको भूमिका, अनलाइन संसारमा अवसर र राम्रा अभ्यास, आर्टिफिसियल इन्टेलिजेन्स र अवसर, विकासमा सूचना, सञ्चार तथा प्रविधि जस्ता विषयमा भिडियोमा बनाइ पठाउन सक्नेछन् ।

भिडियो नेपाली वा अंग्रेजी भाषामा बनाउन सकिने छ । भिडियो व्यक्तिगत वा सामुहिक रूपमा बनाउन सकिने छ । भिडियो बनाउँदा जाति, भाषा, धर्म, लिंग, भूगोल वा अन्य कुनै आधारमा आक्षेप लाग्ने वा भेदभाव हुने विषयवस्तु समावेश गर्न पाइने छैन् ।

भिडियोको अवधि अधिकतम २ मिनेटसम्मको हुनुपर्नेछ । एमपी फोर फर्म्याटमा हुनुपर्नेछ ।

प्रतियोगीले आफ्नो भिडियो आगामी फागुन २ गते राति ११:५९ भित्र प्रधिकरणले दिएको ईमेल ठेगानामा पठाउन सक्नेछन् ।

यस्तो छ सहभागीका लागि नियमहरु:

भिडियोको अवधि अधिकतम २ मिनेटसम्मको र एमपी ४ फर्म्याटमा हुनुपर्ने

भिडियो बनाउँदा व्यक्तिगत सामूहिक बढीमा ४ जनासम्मको समूहमा वा बाल क्लब/विद्यालयमार्फत् बनाउन सकिने

भिडियो नेपाली वा अंग्रेजी भाषामा बनाउन सकिने

प्रतियोगीको पहिचानका लागि भिडियोमा प्रतियोगीको दृश्य वा फोटो समावेश हुनुपर्ने

भिडियो यसअघि कतै प्रकाशित/प्रसारित नभएको हुनुपर्ने

भिडियो बनाउन विषयगत क्षेत्रभित्र रहेर आफ्नो रुचीअनुसार कथा कविता गीत नाटक वक्तृत्वकला लगायत

रचनाको माध्यमबाट आफ्नो सिर्जनशीलता प्रयोग गरी तयार पार्न सकिने

भिडियो बनाउँदा जाति भाषा लिङ्ग भूगोल वा अन्य कुनै पनि आधारमा आक्षेप लाग्ने वा भेदभाव हुने विषयवस्तु समावेश गर्न नपाइने