अमेजनले ६० करोडमा किन्यो विजयको ‘लाइगर’

काठमाडौं । साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म ‘लाइगर’ डिजिटल राइट अमेजन प्राइम भिडियोले किनेको छ ।

फिल्मका निर्माताहरूले ८० करोड माग गरे पनि अमेजन भने ६० करोडमा किनेको हो । यो फिल्म पहिला थिएटरमा रिलिज हुनेछ । त्यसपछि मात्र निर्माताले यसलाई ओटीटीमा रिलिज गर्नेछन् ।

फिल्म ‘लाइगर’ मा विजयसँगै अभिनेत्री अनन्या पाण्डेको अभिनय छ । फिल्मको सेटबाट केही समयअघि दुवैको तस्बिर बाहिर आएको थियो । जसमा दुवैजना स्टन्ट गरिरहेको देख्न सकिन्थ्यो ।

फिल्ममा विजय र अनन्याका अलावा माइक टाइसन पनि देखिँदैछन् । माइकले केही दिनअघि फिल्मको लागि सुटिङ पूरा गरेका थिए । फिल्ममा माइकको स्पेसल केमियो हुनेछ । फिल्ममा विजयले माइकबाट प्रभावित बक्सरको भूमिका निभाउँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here