चितवनमा बर्डफ्लू भेटियो, फर्म आसपासका पक्षीहरू नष्ट गर्न निर्देशन

फाइलफोटो

काठमाडौं, २८ माघ । पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) भेटिएको छ ।

राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । फर्ममा पालिएका कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्डफ्लू परीक्षण गरिएको थियो ।

उक्त नमुनामा बर्डफ्लू पुष्टी भएको स्थानियबासीले बताएका छन् । बर्डफ्लू रोकथाम तथा नियन्त्रणका लागि केन्द्रबाटै फर्मको सय मिटर आसपासमा पालिएका पक्षीहरू नष्ट गर्न निर्देशन दिइएको छ ।

यस अघि डेढसाता अघि मोरङको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुरामा बर्डफ्लू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टी भएको थियो ।

सो क्षेत्रमा बर्डफ्लु देखिएको र गत शुक्रबार र शनिबार १६ सय ५० लेयर्स कुखुरा, ५० परेवा, ४२ सय अण्डा ११५० केजी दाना र ४ हजार अण्डा सुरक्षित तरिकाले नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ।

‘एच फाइभ एन वान’ भाइरसको संक्रमणले नेपालमा पहिलोपटक १५ चैत २०७५ मा एकजना मानिसको मृत्युसमेत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here