चारदेशीय टी-२० सिरिजमा नेपाल यूएइसँग पराजित

काठमाडौं । ओमानमा जारी चारदेशीय टी २० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । राम्रो शुरुवात गरेपनि अन्तिममा रनको गति बढाउन नसक्दा नेपाल पराजित भयो ।

मस्कटमा युएईले नेपाललाई १९३ रनको लक्ष्य दिएकोमा नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रन बनाए ।

पहिलो विकेटका लागि आसिफ र ज्ञानेन्द्रले ६ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेपनि लक्ष्य ठूलो भएका कारण भेटाउन सम्भव भएन ।

युएईका लागि रोहन मुस्ताफा र कासिफ दाउदले २÷२ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाउँदा युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित ८४ रन जोडेका थिए । आज नेपालले बलिङमा जादु देखाउन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here