समयमा खाना नखाँदा देखिन्छन् यस्ता समस्या

काठमाडौं । कामको व्यस्तता र भागदौडको बीचमा कहिलेकाँही हामीलाई समयमा खाना खाने फुर्सद पनि हुँदैन । कतिपय अवस्थामा हामी खाना नखाई दौडिरहेका हुन्छौं ।

व्यस्तताले भरिपूर्ण हाम्रो जीवनमा कहिलेकाँही हामी हाम्रो शरीरको ध्यान दिन समेत भ्याउदैनौं । वा पहिले काम सकौं अनि खाउँला भनेर टारिदिन्छौं । यसले खासै फरक पर्दैन भन्ने हाम्रो मान्यता हुन्छ ।

तर, दैनिक जीवनमा गर्ने कामहरुमा केही समयमात्रै तलमाथि हुदाँ पनि त्यसको प्रत्यक्ष असर हाम्रो जीवनमा पर्छ । समयमै खाना नखाँदा पनि हाम्रो शरीरले अनेक प्रकारका प्रतिक्रियाहरु दिने गर्दछ ।

खाना खाने समयमा हामीले ध्यान नपुर्याउदा हाम्रो शरीर नै गडबड हुने गर्दछ । जसको कारण हामी बिरामी पर्ने गर्छौं ।

दिनमा कम्तीमा चार/पाँच पटक निश्चित समयको अन्तरालमा सन्तुलित भोजन गर्नुपर्ने पोषणविदहरु सुझाउँछन् ।

त्यसकारण सधै एक निश्चित समयमा मात्रै खाना खाने बानी बसाल्नुपर्छ । अनियमित तरिकाले फरक फरक समयमा खाना खाँदा हाम्रो स्वास्थ्यमा गम्भीर प्रकारको समस्या हुने गर्दछ ।

समयमा खाना नखाँदा देखिन्छन् यस्ता समस्या :

१. माटोपना

यदि तपाईंले एक निश्चित समयमा खाना नखाएर आफूलाई फुर्सद भएको र आफूलाई ठिक हुने समयमा खाना खाने गर्नुभएको छ भने तपाईंमा मोटोपनको समस्या आउन सक्छ ।

संसारभर भएका विभिन्न प्रकारका अध्ययनहरुले पनि जो मानिसहरु एक निश्चित समयमा खाना खाने गर्छन् उनीहरुमा मोटोपनको समस्या कम हुने कुरा प्रमाणित गरीसकेका छन् ।

एक निश्चित समयमा खाना खाने गर्नाले हाम्रो शरीर उर्जावान हुने कारण मोटोपनको सम्भावना कम हुन्छ ।

२. छाला सम्बन्धी समस्या

जब हामी समयमै खाना खादैनौँ त्यसपछिको समयमा हामी जे पनि खान खोज्छौं । धेरै बेरसम्म केही नखाँदा हामीमा भोकको मात्रामा वृद्धि हुन्छ र हामी अस्वस्थकर खानेकुराहरु खाने गछौं । ती खानेकुराहरुले हामीमा सकारात्मक भन्दा पनि नकारात्मक प्रभाव पार्छ ।

भोक लागेको समयमा हामी जुन खानेकुरा सबैभन्दा छिटो खान सकिन्छ त्यही खानेकुरा छान्ने गछौं । धेरै मानिसहरु यस्तो अवस्थामा चिप्स, चाउचाउ, बिस्कुट जस्ता खानेकुराहरु रोज्छन् ।

तर, यस्ता खानेकुराहरुले न त हाम्रो स्वास्थ्यलाई फाईदा गर्छन् न त कुनै उर्जा नै पैदा गर्छन् । उल्टै यस्ता खानेकुराहरुले हाम्रो शरीरलाई बेफाइदा गर्छ र विभिन्न प्रकारका छालासम्बन्धी रोगहरु लाग्ने गर्छ ।

३. अल्छीपना

सही समयमा खाना नखाँदा हामी थकान पनि महशुस गर्ने गछौं । यतिमात्र होइन हरेक समय पेट खालि भएको महशुस समेत हुने गर्छ । यस्तो समयमा हामीलाई थकाई र अल्छिपनले सताउने गर्दछ । यो कुनै रोगभन्दा कम हुँदैन् ।

सही समयमा सही प्रकारका खानेकुराहरु खाँदा हाम्रो शरीरमा सकारात्मक प्रभाव पर्ने गर्छ । त्यसकारण यस्ता समस्याहरुबाट बच्नको लागि समयमा स्वस्थकर खानेकुराहरु खानु पर्छ ।

४. पेट सम्बन्धी समस्याहरु

समयमा खाना नखादाँ पेट सम्बन्धी समस्याहरु लामो समयसम्म बसिरहन्छ । जब हामी एक निश्चित समयमा खाना खादैनौँ र निश्चित समयमा सुत्दैनौँ त्यस्तो अवस्थामा हाम्रो पेट खराब रहनु स्वभाविक हो ।

सही समयमा हरेक कुराहरु गर्दा हाम्रो पेट पनि स्वस्थ रहने गर्छ । पेटसम्बन्धी सानो समस्या भएमत्रै पनि हामी स्वस्थ रहन सक्दैनौं । पेटमा समस्या भइरहनु कुनै ठुलो प्रकारको रोगको संकेत हुन्छ । त्यसकारण यस्ता समस्याहरुबाट बँच्नको लागि सधै समयमा खाने सुत्ने गर्नुपर्दछ ।

५. कोलेस्ट्रोल वृद्धि

निश्चित समयमा खाना नखाने तथा स्वस्थ जीवशैलीमा ध्यान नदिँदा हाम्रो शरीरमा कोलेस्ट्रोल बढ्ने गर्छ । यसले हाम्रो मुटुमा नकारात्मक प्रभाव पार्ने गर्छ । अध्ययन अनुसार जो मानिस दिनमा ५ पटक अलगअलग समयमा खाना खान्छन् उनीहरुको स्वास्थ्य राम्रो हुन्छ ।

जो मानिसहरु समयमा खाना खादैनन् तथा स्वस्थकर खाना खाँदैनन् उनीहरुमा कोलेस्ट्रोल तथा मुटुसम्बन्धी समस्याहरु हुने गर्छ । जसको कारण हर्ट अट्याकको सम्भावना उच्च हुने गर्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here