तनावमुक्त भएर खुसी जीवन बिताउन चाहनुहुन्छ ? सुधारौं यी बानी व्यवहार

काठमाडौं । आधुनिक जीवनशैली र व्यस्त दैनिकीको कारण आजभोली धेरै मानिसहरुलाई मानसिक स्वास्थ्यको समस्याले सताउन थालेको छ ।

कहिलेकाँही काम गर्दैजाँदा आफूले चाहेजस्तो भएन भने वा काम बिग्रियो भने यसले हाम्रो मन मस्तिष्कमा यति धेरै प्रभाव पार्छ कि जसलाई हामी सजिलै भुल्न वा छाड्न सक्दैनौं ।

यसले हाम्रो मस्तिस्कमा गहिरो असर गर्छ र मनको शान्ति भंग हुने गर्दछ । जानीबुझी वा अन्जानमा बिग्रने विभिन्न प्रकारका कामहरुबाट धेरै मानिसहरु मानसिक तनाबमा हुन्छन् ।

त्यस्तै हाम्रा केहि यस्ता बानीहरु हुन्छन् जसले हामीले थाहै नपाइकन हाम्रो मानसिक स्वास्थ्यमा असर गरीरहेको हुन्छ । हामीले अन्जानमा गर्ने यस्तो कामहरुको प्रभाव जीवनभर नै पर्न सक्छ ।

तपाईं पनि तनावमुक्त भएर खुसी जीवन बिताउन चाहनुहुन्छ र मानसिक स्वास्थ्य सन्तुलित राख्न चाहनुहुन्छ भने निम्न बानीहरु आजैबाट त्याग्नुहोस्ः

१. विहानै सामाजिक सञ्जालमा व्यस्त हुने

हामीमध्ये धेरै मानिसहरुको आँखा खुल्न साथ पहिलो नजर मोबाइलको स्क्रिनमा फेसबुक र युट्युबमा नै पुग्ने गर्छ ।

विहानै सामाजिक सञ्जालमा भुल्ने बानीको कारण आँखामा त प्रत्यक्ष प्रभाव पर्छ नै मानसिक रुपमा पनि प्रभाव पर्छ ।

२. फोनमा धेरै समय बिताउने

अहिलेको समयमा धेरै मानिसहरु फोनमा नै आफ्नो धेरै समय बिताउने गर्दछन् जसले विभिन्न मानसिक समस्या निम्त्याउँछ ।

हामी यतिसम्म क्रेजी भैसकेका छौं कि खाना खानु भन्दा पहिले हामी खानाको फोटो खिचेर सामाजिक सञ्जालमा हाल्ने गछौं र अनि मात्रै खाने गर्दछौं ।

जसको कारण मानसिक रुपमा प्रभाव पर्ने गरेको हुन्छ । त्यसैले शान्त र तनावमुक्त रहनको लागि फोनमा धेरै समय बिताउन छोडिदिनुहोस् ।

३. आफ्नो लक्ष्य अनुसारको काम नगर्ने

प्रत्येक मानिसको जीवनमा कुनै न कुनै प्रकारको लक्ष्य रहेको हुन्छ । यदि हामी आफ्नो लक्ष्य विपरित आफ्नो जीवनलाई अगाडि बढाइरहेका छौं भने हामी जीवनमा केहि गर्न सक्दैनौं ।

जीवनमा केहि गर्न नसक्दा विभिन्न प्रकारका दवाब र मानसिक तनाबहरु निम्तन्छन् । त्यसैले आफ्नो लक्ष्यको साथ अगाडि बढ्नु आवश्यक छ ।

४. समस्याहरुबाट टाढा भाग्न खोज्ने

अल्छिपनको कारण हामी आफ्नो वरिपरिको समस्याहरुलाई भुल्ने गर्दछौं वा नदेखे जस्तो गछौं । तर, यस्तो समस्याहरुबाट टाढा भाग्नुभन्दा त्यसको सामना गर्नु पर्दछ ।

जबसम्म हामी यस्ता प्रकारका समस्याहरुबाट टाढा भाग्ने कोसिस गछौं तबसम्म मनमा तनाव वा प्रभाव रहिरहन्छ । त्यसकारण यस्ता समस्याहरुको सामना गर्नुपर्दछ ।

५. एकसाथ धेरै काम गर्ने

एकसाथ धेरै कामहरु गर्दा कुनैपनि काम पुर्ण रुपमा सम्पन्न नहुने खतरा हुने गर्दछ । यसले हाम्रो मस्तिस्कमा पनि चाप पर्छ ।

त्यसकारण तनावबाट टाढा बस्नको लागि यस्तो बानीहरु तत्काल अन्त्य गर्नुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here