सन्दीप लामिछाने आइपीएल क्रिकेटको मेगा अक्सनमा ‘अनसोल्ड’

काठमाडौं, १ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको मेगा अक्सनमा ‘अनसोल्ड’ भएका छन् ।

बैंग्लोरमा सम्पन्न पहिलो दिनको अक्सनमा उनलाई अनुबन्ध गर्न कुनै पनि टोलीले चासो नदेखाएका हुन् । सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु थियो ।

सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए । उनी पहिलो दिनको अन्तिम सेटको अन्तिम नम्बरमा परेका थिए । सन्दीप गत वर्ष पनि अनसोल्ड भएका थिए ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

लेग स्पिनर सन्दीप आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । अहिले उनी नेपाली टोलीको कप्तानी गर्दै विश्व कप छनोटका लागि ओमानमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here