काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनीले विजय बहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । उनले फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।
हिमालयन जनरल ईन्स्योरेन्समा आवद्ध हुनुभन्दा अघि शाह नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए। उनले उक्त कम्पनीमा ४ वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गरेका थिए ।
नियुक्त भएपछि सीइओ शाहले भने ‘हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु ।
वास्तवमा भन्नुपर्दा हिमालयन जनरल ईन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ ।
यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै ईतिहास बनाएको छ । आफ्नो स्पष्ट उद्धेश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीलाई मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने मैले प्रण गरेको छु ।’