सन्दीप नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर

काठमाडौं, २ फागुन । नेपालका कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन्।

चारदेशीय शृंखलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् ।

यो सँगै नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर बनेका छन्।

ओमानमा जारी टी-२० सिरिजमा उनले आयरल्यान्डका जर्ज डकरेललाई २८ रनमा आउट गरेका हुन्।

उनले समग्र टी-२० मा भने ११८ खेलमा १५५ विकेट लिइसकेका छन्। उनी नेपालका लागि टी-२० मा सय विकेट पूरा गर्ने पहिलो खेलाडी हुन्।

सन्दीप नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन्। एकदिवशीय अन्तर्राष्ट्रियमा ४१ विकेट लिइसकेका छन् ।

सन् २०१८ मा विश्व ११ का लागि वेष्टइण्डिजविरुद्ध सन्दीपले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here