हराएको २४ लाख डोज खोप अध्यावधिक नभएको छानबिन समितिको ठहर

काठमाडौं, ३ फागुन । कोरोनाविरुद्ध खोपको हराएको भनिएको २४ लाख मात्रा खोप विवरण अध्यावधिक नगरेको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा बनेको छानबिन समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई बुझाएको प्रतिवेदनले उक्त ठहर गरेको हो ।

प्रतिवेदनमा स्थानीय तहहरूले खोप लगाएको तथ्यांक अध्यावधिक गर्न छुटाएको, खोप लिएर पनि स्वघोषणा गर्नुपर्ने व्यक्तिहरूले विवरण नटिपाएको, खोप भन्डारणमा पनि समस्या देखिएकोलगायत उल्लेख छ । सोही कारणले तथ्यांक हराएको रिपोर्टमा उल्लेख गरिएको स्रोतले जनाएको छ ।

प्रतिवेदनमा कति खोप खेर गयो, कति खोपको म्याद गुज्रिएर फालियो, कति खोप लगाइयो र कति खोप मौज्दात छ भन्ने विवरण समेत आएको बताइएको छ।

सरकारले डा गुणराज लोहनीको अध्यक्षतामा ५ सदस्यीय खोप छानबिन समिति गठन गरेको थियो।

समितिमा डा. गुणनिधि शर्मा, डा. अभियान गौतम, यशोदा अर्याल र अनिल थापा थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here