गोल्डेन भिसा खारेजीको तयारीमा वेलायत

काठमाडौं । वेलायतले गोल्डेन भिसा रोक्ने तयारी थालेको छ । वेलायतले युरोपियन युनियन बाहिर रहेका देशका ठूला व्यवसायीले त्यहाँ आएर व्यापार व्यवसाय गरुन भन्ने उद्देश्यसहित सन् २००८ देखि विदेशी लगानीकर्ताहरुका लागी सो भिसा सुविधा उपलब्ध गराउँदै आएको थियो ।

यसलाई ‘फास्ट ट्रयाक रेसिडेन्सी’ प्रदान गर्ने भिसाका रुपमा लिइन्छ । रुससँग वेलायतको सम्बन्धमा बढ्दो चिसोपनका वीच यस्तो निर्णय गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

सरकारी स्रोतअनुसार रुसी पैसाको प्रभावलाई रोक्ने उद्देश्यसहित टायर १ लगानीकर्ता भिसाको खारेजी छिट्टै घोषणा गरिने छ ।

वेलायती सरकारले सन् २०१८ देखि लगानीकर्ताहरुको भिसाको समीक्षा गर्दै आएको छ । रुसी सरकारले बारम्बार आफ्नो छिमेकीमाथी आक्रमण गरेको भन्ने आरोप लागेकोमा अस्वीकार गर्दै आएको छ ।

टायर १ भिसाअन्तर्गत एक व्यक्तिले २० लाख पाउण्ड लगानीको सट्टामा तीन बर्ष चार महिना वेलायतमा बस्न सक्छ । र, पाँच बर्षपछि स्थायीरुपमा बसोबासका लागि आवेदन दिन सक्छ । यस्तो लगानी १ करोड पाउण्ड खर्च गरेमा मात्र दुई बर्षपछि बसोबास गर्न आवेदन दिन सक्छ । सन् २०१५ देखि २०२० सम्ममा वेलायतले करीब १५ सय लगानीकर्ता भिसा जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here