ओमानमाथि नेपालको ३९ रनको सानदार जीत

काठमाडौं ६, फागुन । नेपालले ओमानमा जारी टी(२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गतको पहिलो खेलमा विजय हासिल गरेको छ । नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै विजय हासिल गरेको हो ।

मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा भएको खेलमा नेपालले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको हो ।
नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ‌ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयो ।

नेपालले समूहको आफ्नो दोस्रो खेल शनिबार फिलिपिन्ससँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here