शाओमीको रेडमी नोट ७ प्रो नेपालमा, के के छन् त विशेषता ? मुल्य कति ?

काठमाडौं, २२ असार । चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले आफ्नो पछिल्लो उत्पादन रेडमी नोट७ प्रो नेपालमा सार्वजनिक गरेको छ ।

मोबाईल फोन सार्वजनिक कार्यक्रममा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमी नोट ७ प्रो, रेडमी नोट लाईनको एक उल्लेखनीय अनुवृद्धि हो जसले सबैका लागि नवीनतम सृजना ल्याएको छ । रेडमी नोट ७ प्रोमा सोनीको ४८ एमपी शक्तिशाली क्यामेरा रहेको छ जसलाई क्वालकम स्न्यापड्रेगन ६७५ ले सुसज्जित गरेको छ ।’

रेडमी नोट ७ प्रोमा अहिलेसम्मकै रेडमी सिरिजको सबैभन्दा शक्तिशाली औरा डिजाइनको अवधारणा रहेको पनि कम्पनीले दाबी गरेको छ ।

के के छन् विशेषता ?

फोनको अघिल्लो र पछिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ सँगैरेडमी नोट ७ प्रो स्टाईल तथा फङसन भन्दा भिन्न रहेको बताइएको छ ।

नोट ७ प्रोमा ६.३ इन्च, २३४०×१०८० पिक्सेलको एलटिपीएस प्यानल भएको डट नोच डिस्प्ले नोट ७ मा रहेको छ ।

रेडमी नोट ७ प्रो को पछिल्लो भागमा रहेको गोरिला ग्लास ५ ले गर्दा यस फोन सबै नयाँ रेन्जका कलरहरु भन्दा अलग छ र क्वालकम क्विईक चार्ज ४ सपोर्ट गर्ने कम्पनीले बताएको छ ।

४८ मेगापिक्सेल फोटो लिन मिल्ने स्मार्टफोन क्यामेराजडित रेडमी नोट ७ प्रो लोकप्रिय हुने कम्पनीको दाबी छ ।

विशेष रुपमा टियून्ड नाइट मोडले न्युन प्रकाश भएको अवस्थामा पनि राम्रो दृश्य (सट) लिन मद्दत गर्ने पनि कम्पनीले बताएको छ । त्यस्तै मोबाईलको फ्रन्ट क्यामेरा १३ मेगापिक्सेलको रहेको छ ।

४ जीबी र ६ जीबी र्याम गरी दुई भेरियन्टमा नोट ७ प्रो उपलब्ध रहेको कम्पनलिे बताएको छ ।

मुल्य कति ?

रेडमीनोट ७ प्रो, ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि २४ हजार नौ सय ९९ मा र ६ जीबी प्लस १२८ जीबी भेरियन्टका लागि २९ हजार नौ सय ९९ मुल्य तोकिएको छ ।

स्पेस ब्ल्याक, नेबुला रेड र नेप्चुन ब्लू गरी तीन रंगमा उपलब्ध फोन देशभरका एमआई स्टोर, पार्टनर स्टोर, रिटेल च्यानल र दराज डटकममा उपलब्ध हुनेछ ।

कलरमाजुन ३० तारिकबाट बाट देशभरका आधिकारिक एमआई स्टोर, पार्टनर स्टोर तथा रिटेल च्यानल र डराज डट कममा उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here