सुन तस्करीको नयाँ उपाय : धुलो बनाउँदै-बोक्दै

काठमाडौं,१० फागुन । केही समय अगाडी विदेशबाट बाला वा सामान्य गहना बनाएर नेपालीमार्फत सुन तस्करी गर्ने क्रम अत्यधिक थियो । प्रहरीले विमानस्थलमा कडाई गर्न थालेपछि नेपालीमार्फत तस्करी हुने सुनको मात्रा कम भएको स्वयमः विमानस्थल प्रहरी तथा भन्सारको भनाई छ ।

ठोस वस्तुलाई त्रिभुवन विमानस्थलस्थित सुरक्षा जाँचका लागि राखिएका उपकरणहरुले सहजै पत्ता लगाउँछन् । त्यसका आधारमा प्रहरीले वस्तु बोके नबोकेको पत्ता लगाउँछन् । तर, पछिल्लो समय तस्करहरुले प्रहरी र उपकरणको आँखा छल्न नयाँ उपाय लगाउन थालेका छन् ।

दुई साताको फरकमा दुई विदेशी नागरिक अर्धठोस अवस्थामा सुन ल्याएको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ परेसँगै यस्तो उपाय खुलेको हो । सोमबार हिमालय एयलाइन्सको उडान नम्बर एच ९५६६ बाट सोमबार बंगलादेशी नागरिक मोहमद तोफिक उल्लाह काठमाडौं ओर्लिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टर्मिनल गेटमा खटिएका प्रहरीलाई उनको हिँडाइ अस्वभाविक लाग्यो । तर विमानस्थलमा मेटल डिटेक्टरको जाँचमा कुनै कैफियत देखिएन ।

शंका लागेपछि फेरि सोधपुछ गरेर खानतलासी लिँदा उनले लगाएको भित्री वस्त्रमा बेलना आकारको अर्धठोस सुन लुकाएको भेटिएको हो । विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार उनको साथबाट ९३६ ग्राम सुन बरामद भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here