धरौटी बुझाएर रिहा भए र्‍यापर लाहुरे

काठमाडौं । लागूऔषध मुद्दामा पक्राउ परेका चर्चित र्‍यापर आशिष राना उर्फ लाहुरे मंगलबार धरौटीमा छुटेका छन् ।

जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले उनलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

आफूले नै प्रयोग गर्नका लागि लागूऔषध किन्ने क्रममा कास्की प्रहरीले पोखराको न्युरोडबाट गत पुस १४ मा उनीसहित ४ जनालाई पक्राउ गरेको थियो ।

सूचना अधिकारी पनेरुका अनुसार फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ अनुसार उनलाई धरौटीमा छाडिएको हो । लाहुरेसहित प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।

लाहुरेसँगै पक्राउ परेका ध्रुवबहादुर थापा, नविन कुमार गुरुङ र सुस्मिता गुरुङलाई भने पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here